प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणः चिकित्सकले भोली कालो चिया दिन सक्ने

फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अहिले उनको अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।   

आज विहान करिब ६ घण्टा लगाएर गरिएको नयाँ मिर्गौलाले काम समेत शुरु गरिसकेको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकले सार्वजनिक गरिसकेका छन् ।   

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । उनका सबै सूचकांकले राम्ररी काम गरेपछि मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक पनि खुसी छन् । ओलीको मिर्गौला प्रत्योरोपण त्रिवि शिक्षण अस्पतालका मिर्गौला केन्द्रका प्रमुख डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा करिब एक दर्जन चिकित्सकको टोलीले गरेको थियो ।   

ओलीलाई अहिले अस्पतालको प्रत्यारोपण कक्षमा राखिएको छ । प्रधानमन्त्रीको होस समेत खुली सकेको छ । चिकित्सकहरुले ओलीलाई भोली केही तरल पदार्थ खुवाएर हेर्ने बताएका छन् । संभवतः चिकित्सकहरुले भोली विहान प्रधानमन्त्रीलाई कालो चीया दिनेछन् । भने, सोमबार सम्ममा डिस्चार्ज गर्ने छन् । 

दिनभर त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति चिन्तित रहेका सर्वसाधारण, पार्टीका नेता कार्यकर्ताहरुको भिड लागेको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि सत्तारुढ नेकपाका मन्त्री तथा पार्टीका शिर्षस्थ नेताहरु पनि अस्पताल पुगेका थिए ।   

प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जीपर्ने समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् । उनको स्वास्थ्य अवस्था समेत ठिक रहेको चिकित्सकहरुले बताएका छन् ।   

पहिलो पटक १३ वर्ष अघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीले दोस्रो मिर्गौला स्वदेशमै प्रत्यारोपण गरेर नयाँ सन्देश दिएका छन् ।  उनले मुलुक समृद्धको दिशा तर्फ उन्मुख भएको र विश्वको उत्कृष्ठ स्वास्थ्य सेवा नेपालमै रहेको छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको चिकित्सकहरु बताउँछन् ।   

‘प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गराउनु भनेको मुलुकको चिकित्सा पद्दति र प्रविधिलाई विस्वास गर्नुपर्छ भनेर आम जनतालाई भरोसा दिलाउनु पनि हो ।’ प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *