धनगढी रंगशालामा ५० शैयाको आइसोलेसन कक्ष निर्माण


चैत्र १०, धनगढी। कैलालीको धनगढी रंगशालामा ५० शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ। कोरोनाको जोखिम बढेपछि सम्भावित संक्रमितको उपचारका लागि नेपाली सेनाको सहायतामा सुदूरपश्चिम प्रदेश सरकारले आइसोलेसक कक्ष निर्माण गरेको हो।
निर्माण गरिएको आइसोलेसन कक्षको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले निरीक्षणसमेत गरेका छन्। निरीक्षणका क्रममा मन्त्री सुबेदीले कोरोना संक्रमित विरामीलाई राखिने बताए। रंगशालाका प्याराफिटमूनि पनि आइसोलेसन कक्ष निर्माण गरिँदैछ। मन्त्री सुबेदीलेले सात सय ५० आइसोलेन बनाउने कार्यमा मन्त्रालय लागिरहेको बताए।
आवश्यकताका आधारमा पनि प्रदेशका विभिन्न ठाउँमा थप आइसोलेन कक्षहरू निर्माण गरिने उनको भनाइ छ। केही व्यक्तिहरूले प्राइभेट अस्पतालमा पनि आइसोलेसन कक्ष स्थापना गर्ने बचन दिएको मन्त्री सुबेदीले भने। होटेल व्यवसायीहरूले पनि आवश्यकता परेमा होटेलमै आइसोलेसन कक्ष निर्माण गर्ने प्रतिबद्धता जनाएको मन्त्री सुवेदीले बताए।
