बीएससी सीएसआईटी कप टी–२० क्रिकेट : पाटन र सेन्ट लरेन्स बिजयी

फागुन २१, काठमाडौं । पाटन बहुमुखी र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिताको चौथो दिन  जित निकालेका छन् । पाटनले हिमालय कलेजलाई ३ विकेटले हराउदा सेन्ट लरेन्सले मदन भण्डारी मेमोरियल कलेजलाई २३ रनले स्तब्ध बनायो । 

मुलपानी क्रिकेट मैदानमा भएकोे पहिलो खेलमा टस जितेर बलिङ रोजेको पटनका लागि कसिलो बलिङ गदै चक्र तिम्सिनाले ४ ओभरमा १९ रन खर्चेर ६ विकेट लिए पछि हिमालय कलेजले ८ विकेटको क्ष्तिमा  १ सय १३ रन मात्र जोड्न सक्यो । किरण बिष्टले ३० तथा सोहन्त बिक्रम रानाले २१ रनको योगदान दिए ।  

पाटन क्याम्पसले १ सय १४ रनको लक्ष्य १७.३ ओभरमा ७ विकेटको नोक्सानीमा भेटाएको थियो । पटनको  जितमा अलराउण्ड प्रदर्शन गदै म्यान अफ द म्याच बनेका चक्र तिम्सिनाले नटआउट २९ रन जोडदै टिमलाई जित दिलाएका थिए । तिम्सिनाले ७ औं ब्याट्सम्यानको रुपमा क्रिजमा प्रवेश गदै टिमलाई समालेका थिए ।   

Image result for आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २०

न्युसमिट कलेजको आयोजनामा भएको दोश्रो खेलमा सेन्ट लरेन्सले मदन भण्डारी मेमोरियल कलेजलाई १२१ रनमा रोक्दै २३ रनको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको सेन्ट लरेन्सले बुद्ध वाईवाको बिष्फोटक ३९ बलमा ५७ रन जोडेका थिए ।  

म्यान अफ द म्याच बनेका बुद्धले ८ चौका र १ छक्का प्रहार गरेका थिए । बलिङतर्फ मदन भण्डारीका आकाश सुनारले ४ ओभरमा २८ रन दिएर २ विकेट लिएका थिए ।   

१ सय ४५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी ममोरियल कलेजलाई २० ओभर खेलाउदै १ सय २१ रनमा रोक्यो । मदन भण्डारीका लागि ब्याडिङतर्फ अपर्ण भुजेलले ३० र सरोज यादबले १७ रन जोडे । सेन्ट लरेन्सको जितमा योगेश भुजेल ४ ओभरमा २४ रन दिदै २ विकेट लिए भने मनेष शर्माले किफायती बलिङ गदै २ ओभरमा ७ रन खर्चिएर २ विकेट लिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *