डब्ल्यूएचओको चेतावनी- युवा पनि कोरोनाको उच्च जोखिममा, सचेत रहौं

चैत ८, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको संक्रमण सबै उमेर समूहको व्यक्तिलाई हुनसक्ने चेतावनी दिएको छ ।   

कोरोना भाइरसको संक्रमणबाट रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, प्रौढ तथा वृद्ध मात्र नभएर युवा पनि जोखिममा रहेको भन्दै होस पुर्‍याउन डब्ल्यूएचओले चेतावनी दिएको हो ।   

उसले कोरोना भाइरसको संक्रमण हरेक उमेरकालाई लाग्नसक्ने बताउँदै युवा वर्गलाई अन्य व्यक्तिहरुसँग दूरी राख्न आग्रह गरेको छ । विशेषतः कमजोर र बुढापाकाहरुसँग बोलचाल नगर्न डब्ल्यूएचओलेले आग्रह गरेको छ ।   

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका छन्, ‘युवाका लागि मेरो सन्देश छ । तपाईंहरू जोखिममुक्त हुनुहुन्न । यो भाइरस तपाईंलाई हप्तौंका लागि अस्पताल पुर्‍याउन सक्छ र ज्यान पनि लिन सक्छ । तपाईं बिरामी नभए पनि कसैका लागि जीवन र मरणको कारक बन्न सक्नुहुन्छ ।’ 

अहिलेसम्मका रिपोर्टले वृद्ध उमेरका व्यक्तिलाई मात्रै कोरोना संक्रमणको उच्च जोखिम रहेको देखाएकाले युवाले लापरबाही गर्न थालेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *