भरतपुरमा ७० शैयाको कोरोना अस्पताल बनाइने !

चैत्र ४, चितवन । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ । 

भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा मंगलबार भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।  

छलफलले ७२ घण्टा भित्रमै कोरोना विशेष अस्पताल बनाई सक्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोरोना संक्रमणको संभावित अवस्थालाई मध्यनजर गर्दै कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको बताइन् । उनका अनुसार प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको भन्दै अब ७२ घन्टा भित्र अस्पताल तयार हुने छ । 

अस्थायी रुपमा निर्माण गर्न लागिएको अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघन कक्ष (आइसियु) र १० बेड (एचडियु) को रहने छ ।  

संघका अध्यक्ष राजु पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा अस्पताल बनाउन संघले सहयोग गरेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *