सरकार फेर्ने माग बेमौसमी बाजा होः गगन थापा

चैत्र १७, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका छन्।
समाजवादी पार्टी र साझा पार्टीले कोभिड–१९ विरुद्ध लड्न उच्चस्तरीय समिति गठनको माग गरेको प्रति इङ्गित गर्दै समिति बनाउने र सरकार फेर्ने माग बेमौसमी बाजा भएको टिप्पणी गरेका हुन्।
दुवै पार्टीले गत शनिबार कोभिड–१९ बाट उत्पन्न विषम् परिस्थितिको सामना गर्न सर्वपक्षीय समितिको आवश्यकतामा जोड दिएका थिए। यस्तै कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि केही दिनअघि फेसबुक लाइभमार्फत सहमतीय सरकार गठनमा जोड दिएका थिए।

कांग्रेस नेता थापाले ट्विटरमा लेखेका छन्, ‘समिति बनाउने वा सरकार फेर्ने माग बेमौसमी बाजा हो। यो वेला हो सरकारले काम गर्ने र हामीले सहयोग गर्ने।’ उनले सरकारलाई पनि ताली बजाएर मात्रै सरकारलाई सहयोग नहुने पनि स्मरण गराएका छन्।
‘सरकारले पनि बुझोस् सघाउनु भनेको ताली मात्र होइन गल्तीमा गाली पनि हो । कहिले सुझाव त कहिले दबाब हो,’ नेता थापाले भनेका छन्, ‘संकटमा दृढतापूर्वक सरकारसँगै उभिऔं तर प्रश्न गर्न भने नछाडौं।’








