मर्स्याङ्दीमा बस खस्दा तीन जनाको मृत्यु

चैत्र ९, चितवन । पृथ्वीराजमार्गको आँबुखैरेनी नजिकै ऐनापहराबाट मर्स्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ। 

पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४नम्बरको बस आइतबार साँझ ६ः३० बजे सडकबाट करिब एकसय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए। 

उनका अनुसार तीन जनाको शव भेटिएको छ। मृतकको सनाखत भने भएको छैन। उद्धार कार्य जारी रहेको र अहिलेसम्म घाइते २१ जना भन्दा बढिको उद्धार भएको उनले बताए। बसमा सवार धेरै यात्रु घाइते भएका छन्। थप विवरण आउन बाँकी छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *