लकडाउनका कारण भारतमा फसे ४८ नेपाली

कपिलवस्तु । कोरोना भाइरसबाट बच्नका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् ।   

रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली   अलपत्र परेका हुन् । तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिए ।   

उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् ।  २१ दिनको लामो लकडाउनमा आफूहरुलाई निकै  कठिनाइ भइरहेको उनीहरुले बताएका छन् । उनीहरुले घरमा समेत सम्पर्क गर्न नपाएकाले पत्रकारमार्फत आफ्नो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन ।   

नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले नेपालीको उद्धारका लागि नगरपालिकाबाट पहल गरिने जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =