बाबुरामले भने, ‘प्रदेशका नाम मधेश प्रदेश क्यों नहीं हो सकता ?

२०७६ चैत ५ गते

चैत्र ५, काठमाडौँ । प्रदेश २ को नामकरणका लागि भन्दै मंगलबार मतदान भएको थियो । तर दलहरुले प्रस्ताव गरेको नाममा दुई तिहाइ मत नपरेपछि नामाकरण हुन सकेन । सो विषयलाई लिएर समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल मार्फत मधेशी पहिचान संविधानमा स्वीकार गरिएको छ भने प्रदेशको नाम ‘मधेश प्रदेश’ किन हुन सक्दैन भनि प्रश्न गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले हिन्दी भाषामा ट्वीट गर्दै भनेका छन्, ‘जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता ?
उनले बुधबार ट्वीट गर्दै भने, ‘हमारे पूर्व माओवादी कमरेडो मातृका यादव, प्रभु साह, भरत साह कहाँ हैं ? और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा,महेन्द्र पासवान कहाँ हैं ? कुछ तो शरम करो यारो !’

२०७६ चैत ५ गते
प्रतिक्रिया