कोरोना भाइरससँग लड्न पूर्वस्वास्थ्यमन्त्री गगन थापाको यस्तो छ सरकारलाई सुझाव

चैत्र ६, काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरस (कोभिड-१९) को जोखिमका सम्बन्धमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।   

थापाले कोरोना भाइरस जोखिमको न्यूनिकरण र सम्भावित महामारीको पूर्व तयारीको अभियानमा सरकारले महत्वपूर्ण काम गरेको भएपनि अझैै धेरै काम गर्नु पर्ने बताएका छन् । उनले बुधबार ११ बुँदे ध्यानकर्ष पत्र जारी गर्दै आफुले पनि सो अभियानमा सहयोग गरिरहँदा केही काम अझै गर्नु पर्ने औंल्याएका हुन् ।   

सांसद थापाले कोरोनाको नमुना परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै हुँदै आएकोमा परीक्षणको दायरा बढाउनु पर्ने सुझाव दिएका छन् ।   

यस्तो छ सांसद थापाले जारी गरेको ११ बुँदे ध्यानाकर्षण पत्र : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *