अनुहारको अनावश्यक रौ फाल्ने यस्ताे छ घरेलु उपाय

चैत १, काठमाडौं । महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ ।  

अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन । 

धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै विस्तारै रौंहरु कम गर्दै लैजान्छ ।   

अनुहारको अनावश्यक रौं फाल्ने यस्ताे छ घरेलु उपाय 

एक चम्चा बेसनको पिठो, एक चम्चा चिनीको धुलो र एक चम्चा कागतीको रस मिसाउने र त्यसलाई अनुहारमा लगाउने । उक्त प्याक लगाएर सुख्खा भएपछि भिजेको कटनको कपडाले प्याक लगाएको विपरित दिशाबाट रगड्दै निकाल्ने । अनुहारको जुन ठाउँमा धेरै रौं छ त्यहाँ प्याक बाक्लो गरेर लगाउने ।   

अनुहारमा धेरै मात्रामा रौं छ भने हप्तामा ३ पटक वा २ पटक प्रयोग गर्ने । यसले विस्तारै रौं हराउँदै जान्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *