भारतमा रहेका नेपालीलाई हिंडडुल नगर्न आग्रह

चैत्र १०, काठमाडौं। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।   

दूतावासले अपिल जारी गर्दै भारत सरकाले जारी गरेको निर्देशन पालना गर्नसमेत आग्रह गरेको छ। कोभिड-१९ को संक्रमणबाट जोगिन अहिले बसिरहेको स्थानमै सुरक्षितसाथ रहन आग्रह गरेको हो।   

दूतावासद्वारा जारी अपिलमा भनिएको छ, ‘नेपाल–भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको सन्दर्भमा भारतमा रहनुभएका नेपालीहरूलाई आ–आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न तथा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन दूतावास अपिल गर्दछ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =