लम्बियाे लकडाउन अवधि, चैत २५ सम्म जारी रहने

२०७६ चैत १६ गते

चैत्र १६, काठमाडौं । सरकारले थप एकसाता लकडाउन गर्ने निर्णय गरेको छ ।
आज (आइतबार) अपरान्ह ४ बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थप एकसाता लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि सरकारले ११ गतेदेखि १८ गतेसम्म लकडाउनको निर्णय गरेको थियो । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै जोखिमलाई मध्येनजर गर्दै लकडाउन थप्ने निर्णय भएको हो । अब २५ गतेसम्म लकडाउन हुने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।
नेपालमा हाल पाँच जना कोरोना संक्रमित छन् जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् ।

२०७६ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित