एकेडेमिया र भक्तपुर क्याम्पस क्वाटरफाईनलमा

फागुन २२, काठमाडौं । एकेडेमिया र भक्तपुर बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।  

एकेडेमियाले प्राईमलाई ५ विकेटले हराउदा भक्तपुरले आयोजक न्युसमिट कलेजलाई ४ विकेटले स्तब्ध बनाउदै समूह बिजेताको रुपमा क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । 

समय अभावका कारण बिहिबारका खेल १६ ओभरको खेलाईएका आयोजक कलेजका निर्देशक चोकराज दवाडीले जानकारी गराए । 

null

मुलपानी क्रिकेट मैदानमा भएकोे पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको प्राईमले १६ ओभरमा अल आउट हुदा ७६ रन बनाउन सक्यो ।   

प्राईमका आभाष शाहिले सर्वाधिक १९ रन जोड्दा म्यान अफ द म्याच समेत चुनिएका एकेडेमियाका चिन्तामणी विश्वकर्माले घातक बिलिङ गदै ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट लिएका थिए ।   

एकेडेमियाले सामान्य ७७ रनको लक्ष्य पाए पनि १५.३ ओभरमा ५ विकेटको क्षतिमा कठिन जित निकाल्यो । विजय टिमका साजन तन्डुकार(कुशल)ले सर्वाधिक १८ रन जोड्दा बलिङतर्फ निश्चल श्रेष्ठले ३ ओभरमा २१ रन दिदै २ विकेट लिएको थिए । 

न्युसमिट कलेजको आयोजनामा भएको दोश्रो खेलमा भत्तपुर बहुमुखी क्याम्पसले टस जितेर फिल्डिङ रोजे पछि क्रिजमा उत्रिएको आयोजक न्यु समिटले १६ ओभरको खेलमा ६ विकेटको नोक्सानीमा ९० रन जोड्यो । सुनिल खड्काले सर्वाधिक २४ रनको योगदान दिए ।   

भक्तपुर क्याम्पसले १५ ओभरमा ६ विकेटको नोक्शानीमा ९३ बनाएर समूह बिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनायो । भत्तपुरका लागि अलराउण्ड प्रर्दशन गरेका गजेन्द्र पाण्ड्या बलिङतर्फ ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिदा ब्याटिङतर्फ पनि नटआउट ४१ रन जोड्दै म्यान अफ द म्याच बन्न सफल भए ।   

न्यु समिटका राजिब गुरुङले उत्कृष्ट बलिङ गदै ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए पनि टिमलाई पराजयबाट जोगाउन सकेनन् । पराजय पश्चात पनि आयोजक न्यु समिट कलेजले समूह उपाबिजेताको रुपमा क्वाटर फाईनमा स्थान बनाउन सफल भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *