प्रचण्डमाथिलाई जुत्ता प्रहार गर्ने रतनलाई ७ दिन थुनामा राख्न प्रहरीलाई अनुमति


फागुन १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवालाई सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति मिलेको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा जुम्ला सिन्जाका २२ वर्षी यूवा रतन तिरुवालाई थुनामा राखि अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमबार उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
आइतबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमा अध्यक्ष प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेका थिए । घटना लगत्तै उनलाई त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए ।
तिरुवाले प्रचण्डले भाषणमा वर्गसंघर्षको कुरा गर्दा आफुलाई चित्त नबुभेपछि आफुले जुत्ता प्रहार गरेको प्रहरीको बयानमा भनेका थिए ।
घटनाको छानविनका लागि प्रहरीले अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय समिति पनि गठन गरिसकेको छ ।
