कोरोनाको असरः ‘परदेशी २’ र ‘दुई नम्बरी’ को छायांकन स्थगित

चैत्र ९, काठमाडौँ । कोरोनाको कारण चलचित्र ‘परदेशी २’ र दुई नम्बरीको छायांकन स्थगित गरिएको छ । पोखरामा छायांकन भईरहेका दुबै चलचित्रको सुटिङ स्थगित गरीएको हो ।
सरकारले लागु गरेको नियमलाई पालना गर्दै चलचित्र निर्माण टिमले केही समयको लागी छायांकन स्थगित गरिएकाे जानकारी दिएका छन्
लोक दोहोरीबाट चर्चा कमाएका गायक प्रकाश सपुतको सानै देखीको हिरो बन्ने सपना चलचित्र प्रदेशी २ पुरा गरेको छ । चलचित्र प्रदेशी २ मा मुख्य कलाकारको रुपमा प्रकाश सपुत , बर्षा सिवाकोटी, केकी अधीकारी र दिलीप रायमाझी रहेका छन । उक्त चलचित्रको निर्देशन नारायन रायमाझीले गरिरहेका छन ।

यसै गरि चलचित्र ‘दुई नम्बरी’ ले पनी सरकारकाे निर्देशनलाई मध्यनजर गर्दै छायांकन रोकिएकाे हाे । चलचित्र ‘दुई नम्बरी’ मा भुटानी कलाकार उग्यन चोडेन, दयाहाङ राई, पल शाह र बर्षा राउतको प्रमुख भूमिका रहेको छ भने चलचित्रलाई दिपेन्द्र लामाले नर्देशन गरिरहेका छन ।








