क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

चैत १, काठमाडौं । पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।   

युभेन्ट्स क्लबका खेलाडी डेनियल रुगानीलाई कोरोना संक्रमण देखिएपछि रोनाल्डोमा समेत संक्रमणको आशंका गरिएको थियो । तर पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका छन् । 

’म डाटा सुरक्षाका लागि यो मुद्दाविरुद्ध कुरा गर्न सक्दिन, तर म भन्न सक्छु कि अवस्थालाई राम्रोसंग नियालिएको छ ।’ उनले भने, ’अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।’ 

क्षेत्रीय स्वास्थ्य सचिव पेद्रो रामोसले समेत यसको पुष्टि गर्दै खेलाडी र उसका परिवार दुवैमा संक्रमणको सम्भावना नभएको बताएका छन् । यसअघि मार्चमा नै रोनाल्डो मडेरियामा आफ्नो आमालाई भेट्न आएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *