सशस्त्र प्रहरीका निरीक्षकविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा

२०७६ फागुन २३ गते

फागुन २३, काठमाडौं । सशस्त्र प्रहरीका निरीक्षक खगेन्द्र चापागाईंविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
व्यापार व्यवसायमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले शुक्रबार चापागाईंविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्त प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
झापाको टांघनडुब्बास्थित बीओपीमा कार्यरत रहेको समयमा चापागाईंले उक्त रकम घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको छ ।
अनुसन्धानको क्रममा चापागाईंले घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

२०७६ फागुन २३ गते
प्रतिक्रिया