नेपाल कोरोनाविरुद्धको लडाइँमा एक्लो छैन : चिनियाँ राजदूत

चैत ११, काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा नेपाल एक्लो नभएको बताएको छ ।   

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका लागि आफूहरुले प्रार्थना गरिरहेको भन्दै यो लडाइँमा नेपाल एक्लो नभएको बताएकी हुन् । उनले सोमबार ट्विटरमार्फत चीन नेपालीहरुको साथमा रहेको उल्लेख गरिन् ।   

संक्रमणविरुद्ध लड्नका लागि चीनले तत्काल चिकित्सा सामाग्री पठाउन लागेको पनि उनले राजदूत यान्छीले बताएकी छन् । संक्रमण नफैलिनका लागि आफूहरूले प्रार्थना गर्दै चिकित्सा सामग्री पठाउने व्यवस्था मिलाउन लागेको उनको भनाई छ । 

   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *