पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ ले पायो पीजी प्रमाणपत्र

फाेटाे स्राेत: गुगल 

फागनु २१, काठमाडौँ । सुर्दशन थापाद्वारा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले पीजी प्रमाणपत्र पाएको छ ।   

अब  ‘म यस्तो गीत गाउँछु २’ १६ वर्ष भन्दा कम उमेरका व्यक्तिले आफ्ना  अभिभावकको साथमा हेर्नु पर्नेछ ।   

Image result for ‘म यस्तो गीत गाउँछु २'

सांगीतिक प्रेम कथामामा आधारित यस चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायत कलाकारको भूमिका रहेको छ ।   

सौरभ लामाले छायांकन गरेको चलचित्रलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।  नायिका पूजा र निर्देशक सुदर्शनको चलचित्रमा लगानी रहेको छ । चलचित्रकाे कथा  निर्देशक सुदर्शनले नै लेखेका हुन् । 

चलचित्रमा सुरज आचार्य र सुदिप ढकाल निर्माण नियन्त्रकको रुपमा छन् ।  रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाडाैँ र एफडी कम्पनीले काठमाडाैँ बाहिर चलचित्रको वितरण गर्नेछ । चलचित्रको प्रदर्शन मिति भने फागुन ३० गते  तय भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =