आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार एकजना कोइराला परिवारबाट उठ्छौं : डा. कोइराला

फागुन २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा कोइराला परिवारबाट एकजना सभापतिको उम्मेदवार उठ्ने बताएका छन् । डा.कोइरालाले अहिलेको नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै आफूसहित  सुजाता र डा. सशांकमध्ये एकजना पार्टी सभापतिको रुपमा उम्मेदवारी दिने बताएका हुन् ।   

आइतबार सिरहाको लहानमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी नेतृत्वको कारण कमजोर बनेको कांग्रेसलाई नयाँ उर्जासहित अघि बढाउन महाधिवेशनमार्फत् नयाँ नेतृत्व आवश्यक रहेको बताए ।   

उनले भने, ‘महाधिवेशनको मिति तय भइसकेको सन्दर्भमा विभागहरु गठन गरिनु, केन्द्रीय सदस्यहरु थप गरिनु राम्रो संकेत होइन, आफ्नो गुट बलियो बनाउने भन्दा पनि पार्टी बलियो बनाउन एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउनु पर्थ्यो ।’   

डा. कोइरालाले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने भन्दै दुई वर्ष अगाडीको चुनावको हारको मानसिकताले पार्टी चल्न नसक्ने बताए । उनले कांग्रेस आफ्नै कारणले कमजोर बनेको बताएका छन् ।   

उनले भागबण्डा मिलाउन विधान विपरीत नेपाल विद्यार्थी संघमा नौ नौ जना महामन्त्री राखिनु लाजमर्दो कुरा के हुन सक्छ भन्दै उनले प्रश्न गरे । पत्रकार सम्मेलनमा नेतृ सुजाता कोइरालाको पनि उपस्थिति थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *