जनता कर्फ्यूकाबीच दिल्लीमा ‘पेट्रोल बम प्रहार’

चैत्र ९, काठमाडौं। भारतको राजधानी दिल्लीको शाहीन बागमा पेट्रोल बम प्रहार गरि हमला भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानपछि जारी जनता कर्फ्यूकाबीच शाहीन बागमा हमला भएको हो। 

बिबिसी हिन्दीका अनुसार शाहीन बागमा सुरुमा तोडफोड र त्यसपछि पेट्रोल बमबाट हमला भएको छ। शाहीन बागमा डिसेम्बर १५ देखि नागरिकता संशोधन कानुकाविरद्ध महिलाहरु प्रदर्शनमा छन्। प्रहरीले घटनाको पुष्टि गरे पनि पेट्रोल बम हमला नै भएको बारे केही नभनेको बिबिसी हिन्दीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेकोले थप जानकारी दिन मानेको छैन। 

कोरोना भाइरसका कारण शाहीन बागमा प्रदर्शन गरिरहेका महिालहरुलाई प्रदर्शन स्थगित गर्न भनिए पनि उनीहरुले अटेर गरेका थिए। प्रदर्शनका आयोजकले कोरोना संक्रमणलाई ध्यान दिँदै प्रदर्शनमा सहभागी संख्या भने घटाइने उल्लेख गरेका थिए। जनता कर्फ्यूका कारण प्रदर्शनकारीले सांकेतिक प्रदर्शनस्वरुप आफ्नो चप्पल प्रदर्शन स्थलमा छाडेका थिए। 

हमलालगत्तै घटनास्थल पुगेका एक व्यक्तिले नाम नखुलाउने सर्तमा हमलाकारी मोटरसाइकल चढेर आएका बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। ती व्यक्तिका अनुसार केही मानिसहरुले हमलाकारीलाई देखेका थिए। मोटरसाइकलमा सवार रहेका उनको पछाडि एक ट्रक थियो जसमा रसायनिक तत्व रहेको बताइएको छ। हमलामा कुनै हताहती नभएको समाचारमा उल्लेख छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =