सुनको मूल्यमा भारी गिरावट, एकै दिनमा यती धेरै घट्यो

२०७६ चैत ४ गते

फाेटाेः गुगल
चैत्र ४, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्यमा एक्कासी तोलामा २ हजार रुपैयाँ घटेर भारी गिरावट भएको हो ।
सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको छापावाल सुन आज प्रतितोला ७५ हजार ५ सय रुपैयाँले कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी हिजो प्रतितोला ७७ हजार २ सय रुपैयाँले कारोबार भएको तेजावी सुन पनि आज प्रतितोला ७५ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।
मंगलबार चाँदीको मूल्यमा पनि भारी गिरावट आएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला ७ सय ९० रुपैयाँले कारोबार भएको चाँदी आज तोलामा एक्कासी ८० रुपैयाँ घटेर प्रतितोला ७ सय १० रुपैयाँले बिक्री बितरण भईरहेको छ ।

२०७६ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित