राष्ट्रपतिद्वारा अर्थमन्त्री खतिवडाको राजीनामा स्वीकृत

२०७६ फागुन २० गते

फागुन २०, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले दिएको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगे लगत्तै स्वीकृत भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै अब उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली मातहत आएको छ ।
राष्ट्रियसभा सदस्यको कार्यावधि मंगलबार नै सकिने भएकाले डा. खतिवडाले आफुले सम्हाल्दै आएका मन्त्री पदबाट राजिनामा दिएका हुन् । तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्ने भएका छन्।
उनीसँगै आज राष्ट्रियसभा सदस्यको पदबाट १९ जनाले विदाइ पाउँदै छन् ।

२०७६ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित