कोरोना भाइरस हुँदा देखा पर्ने लक्षणहरु

माघ २४, काठमाडौं । नयाँ कोरोना भाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ । यो भाइरसले शरीरमा कसरी प्रवेश गर्छ रु यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ? महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ ।  

त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ । फोक्सोमा प्रवेश गर्छ । ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो । अन्य लक्षण यस्ता थिए । 

८२ जनालाई ज्वरो आएको थियो । 

Image result for कोरोना भाइरस

८१ जनालाई रुघाखोकी लागेको थियो । 

३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो ।  

११ जनालाई मांसपेशी दुस्ख्ने समस्या थियो ।  

९ जनामा मिश्रित समस्या देखिएको थियो ।  

८ जनालाई टाउको दुस्खेको थियो ।  

५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो 

ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे । तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ । तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो । उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन । भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे । अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो । 

अर्का बिरामी ६९ वर्षीय पुरुष थिए । उनलाई सास फेर्न गाह्रो भएको थियो।उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो । गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो । कम्तीमा १० प्रतिशतको मृत्यु ज्यानुअरी २५ सम्ममा ती ९९ बिरामीमध्ये भएको थियो । थप तल हेर्नुहोस् 

५७ जना अझै अस्पतालमा छन् 

३१ जना घर फर्केका छन् 

११ जनाको मृत्यु भएको छ । त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन। 

अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएका पनि हुन सक्छन् । बजारसँग सम्बन्ध यो नयाँ भाइरसलाई २०१९ नोबल कोरोना भाइरस नामकरण गरिएको छ । ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ । सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो । 

दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे । अधबैँसेहरू धेरै प्रभावित ती ९९ बिरामीमध्ये धेरैजसो अधबैँसे थिए । उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए।यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १.२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ । 

पुरुषहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन् । त्यसैले उनीहरूलाई अस्पतालमा उपचार गरिनुपर्छ । सामाजिक र सांस्कृतिक कारणले गर्दा प्रकोपको आरम्भमा पुरुषहरू भाइरसको सङ्क्रमणमा धेरै परेका हुन सक्छन्ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए । त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको सङ्क्रमण भएको हुन सक्छ । ४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए । उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए । १२ जनामा मधुमेह थियो । बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *