नागढुङ्गामा बसको डिकीमा भेटियो १ सय ८९ थान मोबाइल, एक पक्राउ

माघ २१, काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरीस्थित नागढुङ्गामा बसको डिकीमा वेवारिसे अवस्थामा  १ सय ८९ थान मोबाइल र सोमा लाग्ने चार्जर १ सय ९७ थान फेला पारेको छ ।   

चेकजाँच गर्ने क्रममा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर-३-०१-००६ ख ०२४४ को उक्त बसको डिकीमा सुटकेशभित्र प्रहरीले उक्त मोवाइलसहित चार्जर फेला पारेको हो ।   

सो मोबाइल ४२ वर्षीय संगीय तिब्बतीयन नागरिक रहेको र  उनलाई नयाँ बसपार्कबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।   

Image result for एक पक्राउ"

हाल  नियन्त्रणमा लिईएको तिब्बतीयन नागरिकमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =