यी ४ चिज शेयर गर्नु स्वास्थ्यकाे लागि घातक

माघ २१ ।  घर होस् या स्कुल हामीलाई सानैदेखि आफ्ना कुराहरु साथीभाईका साथमा शेयर गर्नुपर्छ भन्ने सिकाइन्छ। शेयर गर्ने बानी एक हिसाबले राम्रो पनि हो।  तर कुनै अवस्थामा भने यस्तो बानी स्वास्थ्यका लागि घातक बनिदिन सक्छ। केटा हो या केटि भुलेर पनि आफ्ना यी खास चिज भुलेर पनि कसैका साथमा पनि शेयर गर्नुहुँदैन।   

हेडफोन   

अक्सर हामी आफ्नो हेडफोन या एयरफोन साथीसँग शेयर गर्छौं। तर जब हामी हेडफोन या एयरफोन प्रयोग गर्छौं तब हाम्रो कानमा भएको ब्याक्टेरिया बाहिर निस्किन्छ।  जुन हेडफोनमा टाँसिएको हुन्छ। यसरी हेडफोन प्रयोग गर्दा कानमा इन्फेक्सन हुन सक्ने खतरा रहने एक अध्ययनले बताएको छ।   

Image result for हेडफोन सुन्नु

टावेल   

तपाईलाई थाहा छ रु सबैभन्दा बढी इन्फेक्सन एक अर्काको तौलिया प्रयोग गर्दा हुन्छ। टावेल शेयर गर्नाले त्वाचासम्बन्धि रोग हुने खतरा हुन्छ। 

चप्पल/स्लिपर   

हामी धेरैको बानी जुत्ता ,स्यान्डल साटेर लगाउने तथा घरमा जसको पायो त्यसैको चप्पल लगाएर हिड्ने हुन्छ। यस्तो गर्नुलाई  खुट्टाका लागि राम्रो मानिंदैन। यसले खुट्टामा फंगल इन्फेक्सन हुने खतरा बढ्छ।   

लिपस्टिक   

अक्सर महिलाहरु आफ्नो लिपस्टिक साथीका साथमा शेयर गर्ने गर्छन। यसले ओठमा इन्फेक्सन हुने खतरा बढ्छ। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *