सडकबिद्धानको गलत ब्याख्याले एमसीसीमा समस्या

हिन्दीमा प्रचलित लोकभनाई छ, ”इस घर का बाबा आदम ही निराला है” अर्थात यहाँ सबै सबैथोक विचित्र हुन्छ । जे भए पनि या नभए पनि विचित्र हुन्छ । अशल भए नी खराब भए नी उही हुन्छ । सरल भाषामा भन्दा कुनै अशल नयाँ कामको थालनी गर्दा जहिले नी अनौठौ हुन्छ । जनले नसोचेको हुन्छ । अरुलाई छक्क पार्ने हुन्छ । त्यो अकल्पनीय हुन्छ । दुनियालाई चीत खुवाउने हुन्छ । जुन नेपालमा प्रायःसधै हुने गर्दछ । 

विगत ३ तीन महिनादेखि यस्तै विचित्र नेपालमा भइरहेको छ । प्रसंग हो, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को । एमसीसी परियोजना अन्तरगत नेपालको विकासमा अमेरिकन सरकारको ५० करोड डलर अनुदान दिने सम्झौता भएपछि केही हुल मानिसहरु विवादमा ल्याउन लागि परेका छन् । एमसीसी परियोजना अन्तरगत ३ सय १२ किमि ४ सय केभीको प्रसारण लाइनसँगै ३ सबस्टेसन निर्माण गरिने भनिएको छ । नेपाल–भारत सीमापार प्रसारण लाइन र ९९ किमि सडक स्तरोन्नति समेत गरिनेछ । तर, विभिन्न बाहनाबाजी गरेर एमसीसीलाई विवादमा तानिरहेका छन् । जुन आफैमा अनौठौ र विचित्रको छ । 

नेपाल अमेरिकाको सात दशकको सहयोगमा यो सबै भन्दा ठूलो अनुदान सहयोग हो । निरन्तर दिने सहयोग बाहेक अमेरिकी सरकारले प्रदान गर्ने यो विशेष सहायता रकम हो । जुन नेपालका लागि खुशीको विषय हो । नेपालीको आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोग, त्यो पनि अनुदान पाउनु खुशीको कुरा हो । तर, सधै देश र जनतालाई कंगाल बनाइ राख्ने दरिद्र मानसिकताले सत्य कुरा स्वीकार्न सकेन् । 

हरेक सम्झौता तथा सहायताका आफ्नै सिमा र बाध्यता हुन्छन् । शर्त हुन्छन । कठीनाई हुन्छन् । नियम कानुन हुन्छन् । समयावधि हुन्छ । प्रकृया हुन्छ । अनि कार्यान्वयनको तरिका हुन्छ । जसले लगानी वा सहायताको सुनिश्चिता गर्दछ । र, सम्बन्धित सहयोग गर्ने निकायलाई विश्वस्त बनाउछ । अनि उसले सहज लगानी गर्दछ । एमसीसी सम्झौतामा पनि ठूलो परियोजना भएकाले यी सबै कुराको सुनिश्चिता तथा निक्र्यौलता मागिएको छ । तर, हस्ताक्षर भएको पूर्ण सम्झौता नपढी बजारिया हल्लाकार तथा सडकबिद्धानको गलत ब्याख्याले समस्या सिर्जना गरेको देखिन्छ । 

हास्यास्पद कुरा के भने, कालापानी, लिपुलेक र लिम्पिया धुरामा सती गएको कंगाल राष्ट्रवाद, एमसीसीमा जागेको छ । सुस्ता र पशुपतिनगरमा लिलाम भएको रुन्चे राष्ट्रवाद, एमसीसीमा बहुलाएको छ । अनि चाइनीज र भारतीय सामान बेचेर सम्बृद्धि ल्याउने मगन्ते राष्ट्रवाद, एमसीसीमा उधारो सौकारी बनेको छ । सत्यता यही हो । भइरहेको यस्तै छ । यो जगाई की कुरकुरे दिवानापन हो, छुट्याउन कठीन बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *