महासचिव मैनाली दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन

फागुन १६, काठमाडौँ ।  शुक्रबार नेकपा (माले) ले कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे आज दिउँसो बसेको पार्टीको स्थायी कमिटी बैठकले  छानविन गर्न कार्यदल गठन गरेको हो ।   

बैठकले सीआइबीमार्फत दुर्घटनाको सत्यतथ्य छानविन गर्न सरकारसमक्ष माग समेत गरेको छ ।   

स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयोजकत्वमा निर्माण भएको कार्यदलको सदस्यमा पोलिटब्यूरो सदस्य परशुराम लामिछाने र केन्द्रीय सदस्य क.शंकर पोखरेल रहेका छन् । 

बिहीबार  मैनाली झापाबाट काठमाडौँ आउँदै गर्दा उनी सवार कारलाई एक पिकअप भ्यानले ठक्कर दिँदा उनी लगायत उनका छोरा, बुहारी, नाति र चालक घाइते भएका थिए ।   

दुर्घटनापछी बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भईरहेको उनीहरुलाई थप उपचारको लागि हेलिकोप्टर चार्टर गरी काठमाडौँमा ल्याईएको  थियो । हाल उनीहरुको उपचार काठमाडौंस्थित ग्राण्डी अस्पताल भईरहेको छ भने दुर्घटनामा परि गम्भिर घाइते भएका मैनाली अहिले खतरामुक्त भएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =