भृकुटीमण्डपमा आजदेखि सुरु भयो ‘क्यान इन्फोटेक–२०२०’ (२५ तस्वीर)

फागुन २, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक–२०२०’ मेला सुरु भएको छ ।   

आज (शुक्रबार) देखि सुरु भएको २६ औँ संस्करणको क्यान इन्फोटेक–२०२० को एक समारोहका बिच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरे ।   

मेलाको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ । निजी क्षेत्रले पनि दिएका अवसरहरु सदुपयोग गर्न सक्नुपर्छ । निजी क्षेत्रले पूर्वाधार विस्तार गरी जनतामा सेवा पुर्याए सरकार लगानी गर्न तयार छ ।’ 

यस्तै कार्यक्रममा कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघका अध्यक्ष नवराज कुँवरले क्यान इन्फोटकले विगतदेखि नै मुलुक र आम जनताको सञ्चार तथा सूचना प्रविधिको तिर्खा मेटाउन प्रयासरत रहेको बताए ।   

‘विगतमा पनि क्यान इन्फोटेकले मुलुक र आम जनताको सञ्चार तथा सूचना प्रविधिको तिर्खा मेटाउन केही हदसम्म प्रयास गरेको थियो । विद्यार्थी, पेशाकर्मीदेखि सूचना प्रविधिको क्षेत्रमा लागेका युवा, गृहणीहरु सम्मका आवश्यकता पुरा गर्न हामी अझै पनि प्रयासरत छौँ । यस पटक पनि हामी तपाईँहरुका नविनतम आवश्यकता पुरा गर्न हरसम्भव प्रयास गरिरहेका छौँ’, अध्यक्ष कुँवरले भने ।   

फागुन ७ गतेसम्म चल्ने क्यान इन्फोटेक मेला विगतमा भएका इन्फोटेक भन्दा बृहद् र फरक हुने आयोजकको दाबी छ ।   

यस पटकको इन्फोटेकमा प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रर्वद्धन गर्ने योजना अनुसार इन्नोभेशन एक्सपोजरहरुलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ ।   

सूचना–प्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा योगदान गर्नु उक्त मेलाको मुख्य उद्देश्य रहेको छ ।   

२६ औं संस्करणको क्यान इन्फोटेकमा १८६ वा स्टल छन् । प्रत्येक वर्ष ४ लाख मानिसहरुले अवलोकन गर्दै आएको सो मेलामा यो पटक अवलोकनकर्ता अझै थपिने आयोजकको विश्वास छ ।   

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिष्पर्धा र जुनियर इन्नोभेटरको प्रर्दशनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिष्पर्धा पनि हुनेछ । उक्त प्रतिष्पर्धाका विजेताहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।   

साथै यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन रहनेछ । गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर इ–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता समेत आयोजना गर्नेछ । जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्कमा खेलिने लोकप्रिय खेल खेलिने छन् । यी दुवै प्रतियोगिताहरु नक आउट चरणमा हुने तथा उत्कृष्ठ आठ टीमले इन्फोेटेकमा हुने प्रतिष्पर्धामा भाग लिन पाउने छन् । प्रतियोगिताका विजेताहरुले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

क्यान इन्फोटेकमा यसपटक विभिन्न मोवाइल कम्पनीहरुले आफ्ना उत्कृष्ठ ब्राण्डहरुको प्रदर्शनी तथा विक्रिवितरण गर्नेछन् । जहाँ अवलोकन कर्ताले ५० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बताइएको छ ।   

यसैगरी इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्वेयर, नेटवर्किङ सेल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्र्भटर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज हरु प्रदर्शनीमा राखिनेछन् । यसैगरी एण्डभाइरस सफ्टवेयर, बैकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क हरुपनि उपभोक्ताले भारी छुटमा खरिद गर्न पाउने ब्यवस्था छ ।   

इन्फोटेकमा आइटी केज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर पनि रहनेछन् ।   

इन्फोटेकमा १७४ स्टल मध्ये ८० प्रतिशत बुकिङ भइसकेको आयोजकले जनाएका छन् । प्रभु पे टाइटल स्पोन्सर रहेको इन्फोटेकमा ब्राण्डिङ, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट लगायतको खण्डहरु बनाइने भएको छ ।   

वल्र्ड लिंक कम्युनिकेशन एशोसिएट स्पोन्सरमा रहेको इन्फोटेकको प्लाटिनम स्पोन्सरमा एनसेल रहेको छ । भने, डायमण्ड स्पोन्सरमा भायोनेट कम्युनिकेशन रहेको छ । त्यसैगरी स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्टब्यूटर गोल्ड स्पोन्सर रहेका छन् । 

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *