२० हजार घुससहित कार्यकक्षबाटै पक्राउ परे खरिदार
२०७६ फागुन १६ गते

फागुन १६, काठमाडौं । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुर घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले वडा सचिव ठाकुरलाई २० हजार घुससहित बिहीबार नियन्त्रणमा लिएको हो ।
सचिव ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि गएको अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

२०७६ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








