Dish Home मा Dealer दाईको Discount

माघ २७, काठमाडौँ ।  डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “Dish Home  मा Dealer दाईको Discount” नामक अफर ल्याएको छ ।   

जस अनुसार डिशहोमका डिलरहरु मार्फत Fund Transfer  बाट बार्षिक रिचार्ज गरे बापत Add-On  प्याकेज सहित Weekly Lucky Draw  मा भाग लिने अवसर प्राप्त हुनेछ । र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्न सक्नेछन् ।  

Weekly Lucky Draw  कार्यक्रम  माघ २७ गते देखिबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । Weekly Lucky Draw आगामी फागुन २ गतेबाट डिशहोमको Show case Channel No. 100  मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिने बताइएकाेे छ ।  

प्रत्येक हप्ताको शुक्रबार  देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारको Lucky Draw  मा समावेश गरिनेछ । Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र Weekly Lucky Draw मा समावेश गरिने छ ।  

समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको CAS ID  को आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *