हालान्डको अगाडी नेइमार र एम्बाप्पे फिका ! डर्टमुन्डसँग हार्यो पीएसजी
२०७६ फागुन ७ गते

फागुन ७, काठमाडौं । बोरुसिया डर्टमुन्डले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको उत्कृष्ट प्रदर्शनमा डर्टमुन्ड २-१ ले विजयी भएको हो ।
पीएसजीका लागि नेयमारले गोल गरेका थिए । डर्टमुन्डको जितमा हाल्याण्डले दुवै गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको दोस्रो लेग मार्च ११ मा पेरिसको घरेलु मैदानमा हुनेछ । पहिलो लेगको नतिजाले प्रशिक्षक थोमस टुचेलमाथि भने निकै दबाब थपिएको छ । २ सिजन डर्टमुन्डमा बिताएका टुचेलले पीएसजीलाई लगातार ४ सिजनपछि क्वाटरफाइनलमा पुर्याउने लक्ष्य राखेका छन् ।

२०७६ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित








