चीनबाट नेपाली फर्काउन कम्तीमा दुई दिन लाग्ने

माघ २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन दूई दिन लाग्ने बताएको छ । मंगलबारसम्ममा ठाँउको प्रबन्ध मिलेपछि  बुधबार चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। 

सोमबार मन्त्रालयमा आयोजित  पत्रकार सम्‍मेलनमा बोल्दै प्रवक्ता  श्रेष्ठले चीनबाट ल्याइने विद्यार्थीलाई राख्ने ठाउँ मंगलबार बेलुकासम्म टुंगो लाग्ने बताएका छन् । 

मन्त्रालयका अनुसार पाँच जना विज्ञको टोलीले शनिबारदेखि  सुरक्षाका लागि निगरानीमा राख्‍न सम्भावित ठाउँहरू खोजिरहेको छ । भोलिसम्म सो ठाउँ टुंगो लाग्नेछ ।   

null

नेपाली सेनाको नवनिर्मित भवन,  आर्मी ब्यारेक,  सशस्त्र प्रहरी क्याम्प,  सरकारका केन्द्रीय अस्पतालका हल,  इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको आवास, स्टाफ कलेज,  भक्तपुरको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर, बोडेस्थित कृषि तालिम केन्द्रमध्ये एक ठाउँमा राख्ने तयारी गरेको प्रवक्ता क्षेष्ठले बताएका छन्। 

नेपालमा अहिलेसम्म १४ जनाको कोरोना भाइरस परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । १० जनामा संक्रमण नभएको देखिएको छ । बाँकी ३ जनाको स्वास्थ्य परीक्षणको नतिजा आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =