लुकाकुको उच्च प्रदर्शनमा इन्टरको सहज जित

फागुन ९, काठमाडौं । इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ मा सहज जित हात पारेको छ । बेल्जियन फरवार्ड रोमेलु लुकाकुले एक गोल र एक असिस्ट दिएपछि इन्टरको सहज जित हात पारेको हो ।   

इन्टरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २-० ले पराजित गरेको हो । लुडोगोरेट्स एरिना राजग्राडमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इन्टरका लागि एक गोल यसै विन्टरमा इंग्लिस क्लब टोटेनहमबाट इन्टर मिलान पुगेका त्रिस्टियन इरिक्सनले गोल गरे । 

७१औं मिनेटमा क्रिस्टियन इरिक्सनले लुकाकुको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए । इन्ज्युरी समयमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई जित दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एनिसेट एबेलले डानिलो डि एम्ब्रोसियोलाई लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसलाई लुकाकुले सदुपयोग गरे । 

दोस्रो लेग २८ फेब्रुअरीमा इन्टरको मैदानमा हुनेछ । यसमा बराबरी या जित हात पारे इन्टर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =