मकवानपुरमा चेकजाँचमा कडाई , पाँच लागूऔषध तस्कर पक्राउ

फागुन, १५ मकवानपुर । मकवानपुर प्रहरीले चेकजाँचमा कडाई गरेसँगै लागूऔषध तस्करहरु पक्राउ पर्न थालेका छन् ।  मकवानपुरको बिभिन्न स्थानमा प्रहरीले गएराति र आज बिहान चेकजाँच गर्नेक्रममा पाँचजनालाई पक्राउ गरेको छ । 

 प्रहरीले हेटौडाँ उपमहानगरपालिका वडा नम्बर १९ स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा ना ६ ख ३५३२ नम्बरकोे यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार मकवानपुर जिल्ला कैलाश गाउपालिका वडा नम्बर ६ भार्ता बस्ने बर्ष ३२ को शुशिल कुमार स्याङबालाई लागुऔषध गाँजा सहति पक्राउ गरेको थियो ।  

बिहिबार बिहान नारायणगढबाट बिरगंजतर्फ जाँदै गरेको बसमा सवार स्याङबाले झोलामा लुकाई छिपाई ल्याएको ६ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक टिकबहादुर कार्कीले जानकारी दिए ।  

त्यस्तै प्रहरीले हेटौडा उप महानगरपालिका वडा नं. १५ स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा बिरगंज तर्फबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ५४२१ नं. को यात्रुवाहक बसमा सवार बारा जिल्ला जितपुर सिमरा उ.म.न.पा. १ बस्ने बर्ष ४५ को महमद आलम देवानलाई लागूऔषध सहित पक्राउ गरेको छ । आलमको साथबाट प्रहरीले लागुऔषध नाईट्रोभेट १४ ट्याब्लेट, विनरेक्स ८ पिस, सिम्प्लेक्स प्लस कयाप्सुल २४ पिस बरामद गरेको छ ।  

गएराति समेत प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नं. १५ मा बिरगंजबाट काठमाडाैँ तर्फ जाँदै गरेको ना ६ ख १५३५ नं. को यात्रुमा सवार बारा जिल्ला पर्सौनी गाउपालिका  ५ बस्ने बर्ष ३३ को मन्तोष ठाकुरलाई लागूऔषध सहित पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले नाईट्रोभेट ७५ ट्याब्लेट बरामद गरेको थियो । 

 सोहि स्थानमा चेकजाँचको क्रममा बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८९२ नम्बरको बसमा सवार नं.को बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार हेटौडा उपमहानगरपालिका वडा नं.२१ हटिया बस्ने वर्ष २४ को दिनेस घलान र हेटौडा उपमहानगरपालिका वडा नम्बर।१८ हर्ना माडि बस्ने वर्ष २४ को रोशन मालब लाई लागूऔषध सहित पक्राउ गरेको थियो घलानको साथबाट  एक सय एमएलको ६ बोतल उईनरेक्स  र मालब को साथ बाट १४ बोतल उईनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक कार्कीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =