६ गोलसँगै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

फागुन १, काठमाडौं । विपक्षीको पोस्टमा आधा दर्जन गोल गर्दै पेरिस सेन्ट–जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग वान क्लब डिजोनलाई ६–१ ले पराजित गर्दै पीएसजीले अन्तिम चारको यात्रा तय गरेको हो । 

पीएसजीको आधा दर्जन गोलमा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे । दुई गोल उपहार पाएको थियो । घरेलु टोलीका मुनिर चोउएरले गरेको गोल सान्त्वना बन्यो । बुधबार राति भएको खेलको पहिलो मिनेटमा नै पीएसजी वेस्ली लोउटोओको आत्मघाती गोलबाट अघि बढेको थियो ।   

अर्काे क्वाटरफाइनलमा लियोनले मार्सेलीलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । यस्तै रेनिसले एएसएम बेलफोर्टलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको छ । अर्काे सेमिफाइनलमा आज राति इपिनल र सेन्ट इटिनेबीच प्रतिस्पर्धा हुदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =