काठमाडौँमा बलात्कार प्रयासको आरोपमा सुरक्षा गार्ड पक्राउ

माघ २६, काठमाडौँ ।  काठमाडौँमा युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा एक सुरक्षा गार्ड पक्राउ परेका छन् ।   

 प्रहरीले बलात्कारको प्रयासको आरोपमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ मा रहेको हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भएका २५ वर्षिय विशाल भन्ने रमेशप्रसाद वाग्ले रहेको महानगरीय अपराध महाशाखाका एसपी मुकेशकुमार सिंहले जानकारी दिए । 

उनका अनुसार  वाग्लेमाथी पुनर्सथापना केन्द्रका उपचारका लागि आएकी युवतीलाई एकान्तमा बोलाई सम्झाउने बाहनामा अश्लिल हर्कत गर्ने, संवेदनशील अंग समाएको आराेप छ ।   

पक्राउ परेका वाग्लेलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आईतबार महानगरीय प्रहरी परिसर पठाइएको  छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =