सडक दुर्घटना हुँदा भारतमा ६ जना नेपालीकाे मृत्यु
२०७६ फागुन ८ गते

फागुन ८, काठमाडौं । भारतमा सडक दुर्घटनामा परि ६ जना नेपालीको मृत्यु भएको छ ।
भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चार माध्यम द न्यूज मिनेटका अनुसार सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको थियो। एक पुरुष र एक महिलाको भने घटनास्थलमै मृत्यु भयो ।

दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ। बस चालकले बस मोड्न खोज्दा अर्को लेनबाट आएको बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ।
भारतीय प्रहरीका अनुसार उनीहरु नरिपल्लम नजिकै यात्रा गर्दै राति फर्कँदै थिए । फर्किँदै गर्दा यत्तिकैमा अर्को बसले ठक्कर दियो ।
२०७६ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








