‘दिलको ट्रेण्डिङ’ कसलाई बनाउदैँ गायक मानस राज (भिडियो सहित)
२०७६ फागुन १६ गते

फागुन १६, काठमाडौँ । गायक मानस राजको नयाँ गित ‘दिलको ट्रेण्डिङ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
सर्वाधिक चर्चामा रहन सफल गित ‘भाइरल भैदियो’ र ‘हिरो’ को अत्याधिक सफलता पश्चात उनले अर्को धमाकेदार गित ‘दिलको ट्रेण्डिङ’ को म्युजिक भिडियो लिएर आएका हुन् ।
संगीतकार भिम बिष्टको शब्द तथा संगीत रहेको भिडियोलाइ छायाँकार ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने सुजन मार्फा तामाङको कोरियोग्राफीमा निर्देशक गम्बिर बिष्टले निर्देशन गरेका छन् ।

सार्वजनिक म्युजिक भिडियोमा डान्स प्लस सिजन ४ को फर्स्ट रनरअप बन्न सफल कुशल डान्सर तथा मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ को बिजेता मोडल सन्ध्या आचार्य र गायक मानस राजलाइ आकर्षक रुपले फिचर्ड गरिएको छ ।
भिडियो हेर्नुहोस
https://youtu.be/XvePimRvWoc
२०७६ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








