नेपाली क्रिकेट : मुख्य प्रशिक्षले किन दिए राजीनामा ?

काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । पर्सिदेखि लागू हुनेगरी उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । 

उनी गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनलाई नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । 

उनले मुख्य प्रशिक्षक बनेपछि २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्‍याउने लक्ष्य राखेका थिए । साउनमा सिंगापुरमा भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल चुक्यो । 

null

काठमाडौंमा पर्सिदेखि नेपाल, ओमान र अमेरिकाको सिरिज हुँदै छ । विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =