धनुषाको सडकमा फेला पर्यो पेस्तोल र गोली

फागुन १४, काठमाडौँ । बुधबार धनुषामा  एउटा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली फेला परेको छ ।   

इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले धनुषाधाम नगरपालिका-८ मुलाबारीबाट धनुषाधामतर्फ जाने सडकबाट पेस्तोल र गोली फेला पारेको हो ।   

फेला पारिएको पेस्तोल र गोली कसको हो खुल्न नसकिएको र यसबारे अनुसन्धान भई रहेको प्रहरीले जनाए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =