प्रदेश ५ लाई हक्कीको उपाधि

माघ २४, विराटनगर । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि प्रदेश ५ ले जितेको छ । 

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदेश ५ ले गतवर्षको विजेता गण्डकी प्रदेशलाई ५–३ गोलमा पराजित गर्दै उपाधि जितेको हो । 

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । प्रदेश ५ का सारु लामा, मनिष गुरुङ, रोहित लामा, रिसु कुमार र शशी दर्लामीले गोल गरे । गण्डकीका गणेशसिंह ठगुना, श्रवण कुमार र सुमितकुमार कामीले गोल गरेभने सागर आचार्य र किसनबहादुर मागरले गोल गर्न सकेनन् । 

म्यान अफ द फाइनल प्रदेश ५ का रवि कान्त घोषित भए । 

खेलको ३७ औं मिनेटमा गण्डकीका पिताम्बर थापाले गरेका थिए । खेलको अन्तिम समय १ मिनेट ९५९ औं मिनेट० बाँकी छँदा प्रदेश ५ का शशी दर्लामीले गोल गर्दै खेललाई बराबरी पारे । 

त्यस्तै शुक्रबार नै तेस्रो स्थानका लागि भएको खेलमा  विभागीय टोली नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलमा पराजित गरेको छ । खेलको ७, १०, २५ र ५५ औं मिनेटमा रोमन रानाले गोल गरे । २९ औं मिनेटमा नरेन्द्र कार्कीले गोल गरेका थिए । ३२ औं मिनेटमा राम साहले गोल गरेका थिए ।   

खेलको म्यान अफ द म्याच आर्मीका रंजित राउत भए । 

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको थियो । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका थिए । 

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे । उदयीमान खेलाडी गण्डकीका पिताम्बर थापा, सर्वाधिकगोलकर्ता आर्मीका रोमन राना, उत्कृष्ट गोलरक्षक कार्तिक गुरुङ, सर्वोत्कृष्ट खेलाडी गण्डकीका सुमितकुमार कामीले जनही नगद ५ हजार रुपैयाँ पुस्कार पाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *