युरोपा लिग : आर्सनल विजयी, युनाइटेड रोकियो बराबरीमा

फागुन ९, काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । 

बिहिबार राति भएको खेलमा आर्सनलले आर्सनलले ग्रीसको ओलम्पियाकोसलाई पराजित गर्दा युनाइटेडले बेल्जियमको क्लब ब्रुगासंग बराबरी खेलेको हो । आर्सनलले १-० को झिनो जित निकाल्दा युनाइटेड १-१ गोलको बराबरीमा रोकियो । 

खेल सकिन ९ मिनेट बाँकी रहँदा एलेक्सान्द्रे लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यही गोल नै निर्णायक बन्यो । अर्को खेलमा गोलरक्षक सर्जियो रोमेरोको ठुलो गल्तीमा म्यानचेस्टर युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १-१ गोलको बराबरीमा रोकिएको छ । क्लब ब्रुगका इमानुयल डेनिसले तथा युनाइटेडका एन्थोनी मार्सियालले गोल गरे । 

भारी बर्षाका बीच भएको खेलमा युनाईटेडले खासै राम्रो प्रर्दशन गर्न सकेन । दोस्रो लेगको खेल युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा फेब्रुअरी २७ मा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =