संसद बैठक : आजको बैठक पनि अबरुद्ध गर्ने काँग्रेसको निर्णय

माघ २४, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार एक बजे बस्ने तय भएको बैठक अवरुद्ध गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ । कांग्रेस संसदीय दलको बिहान बसेको बैठकलेले आजको संस्द बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको हो ।   

बालुवाटारस्थित ललिता निवासको  जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले राजनीतिक प्रतिसोध साँधेको भन्दै बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो । 

शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =