गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि कांग्रेसको आकस्मिक बैठक

२०७६ माघ २३ गते

माघ २३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि कांग्रेसको आकस्मिक बैठक बसिरहेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान १० बजेदेखि बैठक बसिरहेको हाे । बैठकमा कांग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले उपसभापति गच्छदारविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित छ ।

२०७६ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित