शिरुषलाई स्वर्ण

फागुन १० काठमाडौं । स्याक्रेड हार्ट एकडेमीकी शिरुषा भुजुले अन्तर विद्यालय गर्ल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेकी छिन् । 

शनिबार कीर्तिपुरस्थित टीयू कभर्ड हलमा भएको प्रतियोगिताको फाइनलमा विभूति माविकी प्राश्ना श्रेष्ठलाई सोझो सेटमा पराजित गरिन् । 

पहिलो सेट ११-७ ले जितेकी शिरुषाले दोस्रो सेट ११-८ ले जित्दै उपाधि हात पारेकी हुन् ।   

2.jpg

विभूतिकै पान्जोम लामा र प्रज्ञा सदन माविकी सिमोन राईले तेस्रो स्थान हासिल गरे । 

त्रिभुवन विश्वविद्यालयको खेलकुद विज्ञानले आयोजना गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । एकदिने प्रतियोगिता नकआउट पद्दतिमा खेलाइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *