मेरो जीत नै जनताको जीत हो : कृष्णबहादुर महरा

फागुन १२, तुलसीपुर । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताएका छन्।   

दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।” 

उनले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उनले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताए ।  उनले भने,“नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो, त्यसकालागि म सधै लडिरहनेछु ।”  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =