आइसीसी विश्वकप क्रिकेट लिग टू : अमेरिकाविरुद्ध नेपालको सानदार जित

माघ २९, काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।   

अमेरिकारले दिएको ३६ रनको लक्ष्य पछ्याँदै बुधबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा ब्याटिङमा उत्रिएको नेपालले अमेरिकलाई सस्तैमा समेटेको हो ।   

नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो । 

यस अघि टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली टिमले १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र समेटिएको थियो । अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए भने, सुशन भारीले ३ विकेट लिएको थिए ।   

याे एएक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो ।   

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *