‘मिस नेपाल २०२०’ को लागि आवेदन खुल्ला, यी सहरमा हुनेछन् अडिसन


फागुन १३, काठमाडौँ । सोमबारबाट मिस नेपाल २०२० को लागि आवोदन खुल्ला गरिएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपालको फर्म निःशुल्क भर्न सकिने जानकारी दिएका छन् ।
यस प्रतियोगितमा सहभागी हुन चाहनेले २७ मार्चसम्ममा हिडन ट्रेजरको कार्यलय वा मिस नेपाल वेभसाइटबाट सिधै फर्म भर्न सकिने बताइएकाे छ । यस प्रतियोगितामा भाग लिने ईच्छुक व्यक्ति नेपाली अबिवाहित युवती, ५.४ इन्च हाइट, १९ वर्षदेखि २६ वर्षसम्मका हुनेपर्ने जानकारी गराइएकाे छ ।
हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकरको अनुसार मिस नेपालको अडिसन देशको बिभिन्न ९ शहर काठमाडौंसहित धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोडमा हुनेछ ।
उनले मिस नेपाल २०२० को घोषणा मे १५ हुने जानकारी दिनुको साथै यस वर्ष विजेताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउँने जानकारी गराए ।
यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश गरिएको छ । जसमा मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल रहेका छन्। मिस युनिभर्स भने यस वर्ष हुनेछैनन् । हरेक वर्ष रिन्यु गर्नुपर्ने यस विधामा यो वर्ष भने नेपालीलाई अनुमति दिएको छैन् ।
